आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

खेलाडीको हौसला बढाउन कीर्तिपुर पुगे प्रधानमन्त्री प्रचण्ड

 |  आइतबार, कात्तिक १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपाली क्रिकेटरको हौसला बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेका छन्।

triton college

नेपालले ओ‌मानलाई १ सय ८५ रनको लक्ष्य दिएको छ र अहिले बलिङ गरिरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनाएको हो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेल, गुल्शन झा र करण केसीले शानदार ब्याटिङ गरे। गुल्शनले २५ बलमा ५४ रनको अर्धशतकीय पारी खेले। सुरुवाती ब्याटरहरू सस्तैमा आउट भएका बेला मैदान छिरेका उनले कप्तान पौडेलसँग महत्वपूर्ण साझेदारी गर्दै टिमलाई उकासेका हुन्।

पौडेल ३७ बलमा ५२ रनको अर्धशतकीय पारी खेलेर नटआउट रहे। करण केसी ६ बलमा २० रन बनाएर नटआउट रहे। कुशल भुर्तेल २२ बलमा ३१, आसिफ सेख ६ बलमा ६, सन्दीप जोरा १३ बलमा १०, कुशल मल्लले ९ बलमा ३ र विवेक यादवले ३ बलमा १ रनको योगदान दिए।

नेपाल यूएईलाई र ओमान बहराइनलाई हराउँदै फाइनलमा पुगेका हुन्। समूह 'ए'मा रहेका दुवै टोलीबीच लिग चरणमा भएको भेटमा नेपाल ओमानसँग पाँच रनले हारेको थियो।

Metro Mart
vianet

फाइनल प्रवेश गरेका नेपाल र ओमान आगामी वर्ष हुने टी-२० विश्वकपमा छनोट भइसकेका छन्।

प्रकाशित: Nov 05, 2023| 13:00 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्