बिहीबार, माघ २२, २०८२

ओमानलाई नेपालले दियो १८५ रनको चुनौती

 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले ओ‌मानलाई १८५ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको हो।

National life

नेपालका लागि कप्तान रोहितकुमार पौडेल, गुल्शन झा र करण केसीले शानदार ब्याटिङ गरे। गुल्शनले २५ बलमा ५४ रनको अर्धशतकीय पारी खेले। सुरुवाती ब्याटरहरू सस्तैमा आउट भएका बेला मैदान छिरेका उनले कप्तान पौडेलसँग महत्वपूर्ण साझेदारी गर्दै टिमलाई उकासेका हुन्।

पौडेल ३७ बलमा ५२ रनको अर्धशतकीय पारी खेलेर नटआउट रहे। करण केसी ६ बलमा २० रन बनाएर नटआउट रहे। कुशल भुर्तेल २२ बलमा ३१, आसिफ सेख ६ बलमा ६, सन्दीप जोरा १३ बलमा १०, कुशल मल्लले ९ बलमा ३ र विवेक यादवले ३ बलमा १ रनको योगदान दिए।

नेपाल यूएईलाई र ओमान बहराइनलाई हराउँदै फाइनलमा पुगेका हुन्। समूह 'ए'मा रहेका दुवै टोलीबीच लिग चरणमा भएको भेटमा नेपाल ओमानसँग पाँच रनले हारेको थियो।

फाइनल प्रवेश गरेका नेपाल र ओमान आगामी वर्ष हुने टी-२० विश्वकपमा छनोट भइसकेका छन्।

Laxmi sunrise bank

प्रकाशित: Nov 05, 2023| 12:40 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्