जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ च्युरी गाउँमा भूकम्पमा परी ज्यान गुमाएका १३ जनाको सामूहिक दाहसंस्कार गरिएको छ। उनीहरूको स्थानीय नलगाड खोलामा दाहसंस्कार गरिएको हो।
शुक्रबार रातिको भूकम्पमा नलगाड नगरपलिका वडा नम्बर १ मा १७ जनाको मृत्यु भएकोमा १३ जना च्युरी गाउँका हुन्। यो गाउँका एकै परिवारका चार जनासहित पाँच बालबालिका, चार महिला र चार पुरूषको घटनास्थलमै मृत्यु भएको थियो।
उनीहरूको आज बिहान दाहसंस्कार गरिएको हो।