बुधबार, असार ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कांग्रेस महामन्त्रीद्वयको संयोजकत्वमा भूकम्प सहजीकरण समिति गठन

कांग्रेस महामन्त्रीद्वयको संयोजकत्वमा भूकम्प सहजीकरण समिति गठन

 |  आइतबार, कात्तिक १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

vianetvianet

नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा भूकम्प अनुगमन तथा सहजीकरण समिति गठन गरेको छ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जाजरकोट भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा जानेदेखि राहत वितरणमा सहजीकरणका लागि महामन्त्रीद्वयको सं‌योजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।

कांग्रेसले भूकम्प पीडितहरूलाई राहत वितरणमा अनियमितता र पक्षपात नहोस् भनेर सरकारलाई गम्भीर ध्यानाकर्षण पनि गराएको छ। कांग्रेस प्रमुख सत्ता साझेदार दल पनि हो।

हिजोमात्रै कांग्रेसले भूकम्प प्रभावितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो। 

प्रकाशित: Nov 05, 2023| 12:16 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्