बुधबार, असार ४, २०८२

सांसद पौडेलले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने

 |  आइतबार, कात्तिक १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

vianetvianet

प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सरकारको विपद् कोषमा एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन्। कर्णाली प्रदेशका भूकम्पपीडितको सहयोगका लागि उक्त रकम जम्मा गर्ने भएका हुन्।

सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनले कोषमा संघीय सांसदको रूपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले सहयोग घोषणा गर्दै विपत्तिको समयमा भूकम्पले क्षति पुर्‍याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीब्र बनाउन र पुनर्स्थापनाका लागि राहत तथा सहयोगका लागि सबैसँग अनुरोध पनि गरेका छन्।
यसअघि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पनि एक महिनाको तलब भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेका थिए।  

प्रकाशित: Nov 05, 2023| 12:07 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्