आइतबार, जेठ ६, २०८१

टस जितेर ब्याटिङ रोजेको नेपालको खराब सुरुवात

 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले खराब सुरुवात गरेको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले तीन विकेट गुमाएको हो।

triton college

७.१ ओभरको खेलमा कुशल भुर्तेल आउट भएका हुन्। अकिब इलियासको बलमा मेहरान खानले उनलाई क्याच आउट बनाएका हुन्। भुर्तेलले २२ बलमा ३१ रन बनाएको हो। उनले २ छक्का र ३ चौका प्रहार गरे।

यस अगाडि ६.१ ओभरको खेलमा नेपालका सन्दीप जोरालाई जिशान मकसूदले बोल्ड आउट गराएका हुन्। उनले १३ बलमा १० रन बनाएर आउट भए।  २.४ ओभरको खेलमा बिलाल खानको बलमा काश्यप प्रजापतिले नेपालका ओपनर आशिफ शेखलाई क्याच आउट गराएका हुन्। शेख ६ बलमा ६ रन बनाएर आउट भए। उनले एक छक्का हानेका थिए।

अहिले नेपाल ९ ओभरको समाप्तिसँगै ३ विकेटको क्षतिमा ५३ रन बनाएर खेलिरहेको छ। टस जितेसँगै नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

प्रकाशित: Nov 05, 2023| 11:46 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्