काठमाडौं– भारतीय क्रिकेटर शिखर धवनले नेपालमा गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति समवेदना व्यक्त गरेका छन्।
‘अर्को भूकम्पको विनाशकारी प्रभावको सामना गरिरहेका नेपालका जनताप्रति मेरो सहानुभूति छ। उनीहरूबारे ख्याल राख्दै पीडितलाई मद्दत गर्न भइरहेका राहतका प्रयासमा समर्थन गरौं,’ धवनले सामाजिक सञ्जाल एक्समा भनेका छन्।
शुक्रबार राती जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निचुडको भूकम्पमा परेर हालसम्म १५७ जनाले ज्यान गुमाइसकेका छन्।