बुधबार, असार ४, २०८२

राउटेका महामुखिया महिनबहादुर शाहीको निधन

 |  आइतबार, कात्तिक १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

vianetvianet

लोपोन्मुख फिरन्ते जातिको रूपमा रहेको राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको निधन भएको छ। शाहीको आज बिहान ६६ वर्षको उमेरमा निधन भएको हो।

दैलेखको गुराँस गाउँपालिकाले प्रदान गरेको परिचयपत्रअनुसार उनको जन्म मिति ९ भदौ २०१४ हो। राउटेहरु नागरिकता भने बनाउँदैनन्।

शाहीको राउटे परम्परा अनुसार दाहसंस्कार गरिएको छ। शाहीकी पत्नी दुनी शाही र दुई बुहारीहरू सुरमान र सुन्दरी शाही रहेका छन्। उनका छोरा नारायण शाहीको केही समयअघि आगोमा जलेर निधन भएको थियो।

त्यसअघि उनका अर्का छोरा शिवराज शाहीको पनि लडेर निधन भएको थियो। १ सय ४२ जनाको जनसंख्या रहेको यो समुदायमा महामुखियाको निधन भएसँगै जनसंख्या १४१ मा झरेको छ।

फिरन्ते जीवनयापन गर्दै आएका उनीहरूको हाल भैरवी गाउँपालिका–३ छामघाट खोला नजिकै बसोबास छ। उनीहरू जंगलमा बसाइँ सर्दै हिँड्छन्।

प्रकाशित: Nov 05, 2023| 11:20 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्