बुधबार, असार ४, २०८२

जाजरकोटमा दुई दिनमै ६ पटक भूकम्प

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको केन्द्रले बताएको हो।
 |  आइतबार, कात्तिक १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

vianetvianet

काठमाडौं– शुक्रबार राती ११ः४७ बजे रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएयता सोही स्थानलाई केन्द्रबिन्दु बनाई आधा दर्जन बढी पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। आज बिहान पनि दुई पटक जाजरकोटलाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान दुईपटक भूकम्प गएको केन्द्रले बताएको हो। केन्द्रका अनुसार आज बिहान १ः२२ बजे ४ म्याग्नेच्युड र बिहान ४ः५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको हो।

केन्द्रका अनुसार शनिबार राती १२ः०८ बजे ४.५ म्याग्नेच्युडको, १२ः२९ बजे ४.२ म्याग्नेच्युडको, १२ः३५ बजे ४.३ म्याग्नेच्युडको, शनिबार बिहान ४ः१६ बजे ४.६ म्याग्नेच्युडको, शनिबार दिउँसो ३ः४० बजे ४.२ म्याग्नेच्युडको, आइतबार बिहान १ः२२ बजे ४ म्याग्नेच्युडको र आजै बिहान ४ः५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको हो।

शुक्रबारको भूकम्प र त्यसपछिका पराकम्पबारे अध्ययन तथा अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीसहितको टोली जाजरकोट पुगेको छ। जाजरकोट पुगेको टोलीले भूकम्पबारे  अध्ययन तथा अनुसन्धान गर्नेछ।

शुक्रबारको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको ठूलो क्षति भएको छ। शनिबार रातीसम्मको विवरणअनुसार भूकम्पमा परी जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ गरी १५७ जनाले ज्यान गुमाएका छन्। भूकम्पले २ सय बढी घाइते र हजारौं घरमा क्षति पुगेको गृह मन्त्रालयको विवरणमा उल्लेख छ।

प्रकाशित: Nov 05, 2023| 11:20 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्