बुधबार, वैशाख १६, २०८३

जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

भे१ह३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका–१ देवारगाउँ जाँदै गर्दा आज बिहान हिमा–१ बड्कीमा दुर्घटनामा परेको हो।
 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

National life
kumari

काठमाडौं– जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक घाइते भएका छन्। भे१ह३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका–१ देवारगाउँ जाँदै गर्दा आज बिहान हिमा–१ बड्कीमा दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा हिमा–१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए।

दुर्घटनामा परी सोही ठाउँका अन्दाजी ४१ वर्षका नन्द रोकाया घाइते भएका छन्। घाइतेलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 05, 2023| 10:56 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्