बुधबार, असार ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भूकम्पका घाइतेको सबै उपचार निःशुल्क, निजी अस्पतालमा पनि पैसा तिर्नु नपर्ने

भूकम्पका घाइतेको सबै उपचार निःशुल्क, निजी अस्पतालमा पनि पैसा तिर्नु नपर्ने

 |  आइतबार, कात्तिक १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

vianetvianet

काठमाडौं- सरकारले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतका अनुसार निजी अस्पतालमा पनि निःशुल्क उपचार गराउने व्यवस्था मिलाइनेछ।

मन्त्री बस्नेतका भूकम्प पीडितको उद्धारको काम सकिएको छ र अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई तीव्रता दिने निर्णय सरकारले गरेको छ। खाद्यान्न, त्रिपाल र टेन्टहरु केही प्रभावित क्षेत्रमा पुगिसकेको र केही पुग्ने क्रममा रहेको जानकारी उनले दिए। २०७२ सालको भूकम्पको बेला काम गर्ने क्रममा भएका कमजोरी सुधार्दै यसपटक काम गर्ने उनको भनाइ छ।

भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई दिइने राहत रकमको विषयमा भने सरकारले निर्णय गरिसकेको छैन। यसैगरी सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउने गरी तयारी थाल्ने निर्णय गरेको छ।

जाजरकोट केन्द्रबिन्दू भएर शुक्रबार राति गएको भूकम्पमा १५७ जनाको मृत्यु भएको छ भने करिब ३७५ घाइते भएका छन्। 

प्रकाशित: Nov 05, 2023| 10:32 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्