बिहीबार, माघ २२, २०८२

टी-२० विश्वकप एसिया छनोट

उपाधिका लागि ओमानसँग खेल्दै नेपाल

 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

टि-२० विश्वकप एसिया छनोटको उपाधिका लागि आज नेपालले ओमानसँग खेल्दैछ। खेल बिहान ११ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुनेछ।

National life

नेपालले मुलपानी मैदानमा भएको सेमिफाइनल खेलमा युएईमाथि ८ विकेटको जित निकाल्दै फाइनल प्रवेश गरेको थियो। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ।

एसिया छनोटमा ८ देशहरूलाई दुई समूह विभाजन गरी खेलाइएको थियो। नेपाल र ओमान समूह ‘ए’ बाटै फाइनल पुगेका हुन्। ओमान समूह विजेता र नेपाल उपविजेता हुँदै फाइनल प्रवेश गरेको थियो। समूह चरणमा नेपाल ओमानसँग पराजित भएको थियो।

समूह चरणको अन्तिम खेलमा भएको हारको बदला ओमानसँग लिँदै एसिया छनोटको उपाधि जित्ने लक्ष्यमा नेपाल हुनेछ। दुवै टिमले आगामी वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने टी-२० विश्वकप खेल्नेछन्।

नेपाल र ओमान टी-२० क्रिकेटमा अहिलेसम्म पाँचपटक आमनेसामने भएका छन्। त्यसमा तीन खेल नेपाल र २ खेल ओमानले जितेको छ।
आज हुने खेलको टिकट बिक्रीबाट उठेको ५० प्रतिशत रकम जाजरकोट भूकम्प पीडितहरूलाई दिने क्यानले घोषणा गरेको छ

Laxmi sunrise bank

प्रकाशित: Nov 05, 2023| 09:57 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्