बुधबार, वैशाख १६, २०८३

भूकम्पकी एक घाइतेको ३६ घण्टापछि उद्धार

 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

National life
kumari

भूकम्पमा आफ्नै घरले थिचेर दुवै खुट्टा नचल्ने भएकी जाजरकोटको छेडागाड–७ कि सशीला रोकायको ३३ घण्टापछि उद्धार भएको छ। उनी शुक्रबार राति ११:४७ बजे जाजरकोटको रामीडाँडा केन्द्र गरी गएको ६.४ म्याग्निच्युडको भूकम्पमा घरभित्रै थिचिएकी थिइन्। 

उनको आज आइतबार बिहान बल्ल उद्धार भएको हो। उनी घाइते भएको ठाउँसम्म एम्बुलेन्स पुग्न नसकेकाले उद्धार हुन सकेको थिएन। आज बिहान नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी नेपालगञ्ज ल्याएको छ।

सरकारले भेरी अस्पताललाई डेडिकेटेड अस्पतालको रूपमा तोकेको छ।

प्रकाशित: Nov 05, 2023| 09:53 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्