शनिबार, जेठ ५, २०८१

डोटीमा जिप दुर्घटना, चारजनाको मृत्यु

 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

डोटीमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। आज बिहान साढे २ बजे धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च म २७७६ नम्बरको बोलेरो गाडी डोटीको शिखर नगरपालिका-६ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको हो।

triton college

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उक्त गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खसेको थियो। दुर्घटनामा परी बाजुराको हिमाली गाउँपालिका-५ की २२ वर्षीया राधिका मलाल, सोही स्थानकी ३२ वर्षीया धनशोभा बुढा, धनशोभाकी ६ वर्षीय छोरा कबिन्द्र बुढा र बिमला मलालकी ८ महिनाकी छोरी प्रार्थना मल्लको मृत्यु भएको छ।

बिमला मलाल गम्भीर घाइते छिन्। उनीसँगै थप पाँच जना घाइते भएका छन्। घाइतेहरूमा हिमाली गाउँपालिका- ५ बस्ने ३० वर्षीय प्रकाश बुढा थापा, २३ वर्षीय खोम बहादुर मलाल, २४ वर्षीय दान बहादुर बुढा र २१ वर्षीय राजबहादुर मलाल छन्। उनीहरूको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ।

गाडीका चालक बाजुराको गौमुल गाउँपालिका-४ काडाकोटका २९ वर्षीय महेश बुढालाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 05, 2023| 06:56 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्