शनिबार, जेठ ५, २०८१

कति क्षति भएको थियो २०७२ को भूकम्पमा ?

 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

काठमाडौं– नेपालमा करिब ८० वर्षपछि २०७२ वैशाख १२ मा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको थियो। 

triton college

गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर आएको यो भूकम्पले राजधानी काठमाडौं सहित एक दर्जन जिल्लाहरुमा प्रभाव पारेको थियो। भूकम्पमा परी १० हजारभन्दा बढीको ज्यान गएको थियो। 

सरकारले भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण गर्न पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो। भूकम्पबाट सर्वसाधारणका घर, सरकारी भवन, स्कुल, स्वास्थ्य चौकी र प्रहरी चौकी, पुल, पुरातात्विक सम्पदालगायत ५ लाखभन्दा बढी संख्यामा भौतिक संरचना भत्केका थिए। 

सरकारले पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्न २०७२ असार १० मा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। भूकम्पबाट ध्वस्त नेपालको पुनर्निर्माणका लागि छिमेकी भारत र चीनसहित विभिन्न मुलुक र दातृ निकायले ४ खर्बभन्दा बढी रुपैयाँ सहयोग (अनुदान र ऋण) गर्ने घोषणा गरेका थिए।

भूकम्पपछि सरकारले तयार पारेको ‘विपतपछिको आवश्यकता पहिचान’ (पिडिएनए) ले करिब ७ खर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको र यसको पुनर्निर्माणका करिब ६ खर्ब रुपैयाँ लाग्ने अनुमान गरेको थियो। अहिले प्राधिकरण विघटन भएको छ र पुनर्निर्माण पनि लगभग सकिएको छ
 

corrent noodles
Metro Mart

प्रकाशित: Nov 05, 2023| 06:02 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्