बुधबार, जेठ २०, २०८३

भूकम्प प्रभावितलाई बुद्ध एयरको एक करोड सहयोग

 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०
National life
Shivam cement

काठमाडौं- निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। यो रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिनेछ।

'जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपतमा परी त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन्। भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन्। यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ। हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. १ करोड सहयोग दिने निर्णय गरेका छौं। साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनवद्ध छौं।'

प्रकाशित: Nov 04, 2023| 18:58 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्