बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रुसी राष्ट्रपतिद्वारा भूकम्पले गरेको मानवीय र भौतिक क्षतिप्रति दु:ख व्यक्त

रुसी राष्ट्रपतिद्वारा भूकम्पले गरेको मानवीय र भौतिक क्षतिप्रति दु:ख व्यक्त

 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

मस्को- रूसका राष्ट्रपति भ्लादिमीर पुटिनले गएराति पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। 

National life

उनले राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार एक पत्र पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद् घटनाबाट पीडित नेपालीप्रति गहिरो संवेदना प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपति पुटिनले भूकम्पबाट पीडितहरूका आफन्त तथा शुभेच्छुक नेपाली जनताप्रति आफ्नो साथ, सहयोग र सहानुभूति रहेको उल्लेख गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

शक्तिशाली भूकम्पले तहसनहस बनाएको जाजरकोट र रुकुम पश्चिममा लगातार साना-ठूला परकम्प गइरहेका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ११:४७ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जनधनको ठूलो क्षति गरेको छ। भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने २ सयभन्दा घाइते भएका छन्। जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो।

kumari

जाजरकोटमा १०५, रुकुम पश्चिममा ८५, दैलेखमा तीन, बैतडीमा तीन, जुम्लामा पाँच र रोल्पामा एक जना घाइते भएका छन्। उनीहरूमध्ये केही गम्भीर रहेका छन्। गम्भीर घाइते ८ जनालाई काठमाडौं ल्याइएको छ र त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। काठमाडौं ल्याइएका सबै रुकुम पश्चिमका हुन् र धेरैजसो बालबालिका र महिला छन्।

प्रकाशित: Nov 04, 2023| 18:49 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्