बुधबार, असार ४, २०८२

भूकम्प पीडितलाई चिसोको समस्या, वर्षाको भने सम्भावना छैन

शुक्रबार मध्य राति पौने १२ बजेतिर भूकम्प गएपछि मानिसहरु आफ्नो घरमा फर्किन सकेका छैनन्।
 |  शनिबार, कात्तिक १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

vianetvianet

काठमाडौं- जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ भने दुई सयभन्दा बढी घाइते भएका छन्।

भूकम्प प्रभावितको संख्या हजारौं छ। शुक्रबार मध्य राति पौने १२ बजेतिर भूकम्प गएपछि मानिसहरु आफ्नो घरमा फर्किन सकेका छैनन्। ठूलो भूकम्पपछि लगातार परकम्प गइरहेका कारण स्थानीय त्रासमा छन्।

उनीहरुले शुक्रबारको रात बाहिरै बिताए। आज राति पनि घरभित्र फर्किने स्थिति छैन। धेरैजसो घर कच्ची भएकाले बस्न सक्ने अवस्थामा छैनन्। यस्तो अवस्थामा भूकम्प पीडितहरु केही दिन बाहिरै बस्नुपर्नेछ।

चिसो बढिसकेकाले उनीहरुलाई झन् समस्या भएको छ। उद्धार तथा राहतकर्मीहरुले लगेका पाल र कम्बलको भरमा उनीहरु बसेका छन्।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा वर्षाको सम्भावना भने छैन। आजदेखि दुई–तीन दिनसम्म बादल लागे पनि पानी भने नपर्ने बताइएको छ। रुकुम पश्चिम र जाजरकोट दुवै जिल्लामा पानी पर्ने र हिमपात हुने सम्भावना छैन।

प्रकाशित: Nov 04, 2023| 18:47 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्