बुधबार, वैशाख १६, २०८३

यी हुन् थप उपचारका लागि काठमाडौं ल्याइएका घाइते

 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

काठमाडौं- जाजरकोट केन्द्रबिन्दु भएर गएराति आएको भूकम्पमा परी घाइते भएका ८ जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौं ल्याइएको छ। 

National life

उनीहरूलाई नेपाल एयरलाइन्सको विमानमार्फत शनिबार साँझ टिचिङ अस्पताल ल्याइएको हो। बारिकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाएर आएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो क्षति पुर्याएको छ। 

भूकम्पमा परी घाइते भएकाहरूको उद्धार कार्य जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार अहिले तीनवटा हेलिकोप्टरबाट धमाधम उद्धार कार्य जारी छ। प्रधानमन्त्री प्रचण्ड शनिबार बिहानै प्रभावित क्षेत्रको अनुगमनका लागि पुगेका थिए। 

गृह मन्त्रालयका अनुसार भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ। 

List-injured-jajarkot-Earthquake-1699102437.jpg

kumari

प्रकाशित: Nov 04, 2023| 18:39 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्