बुधबार, वैशाख १६, २०८३

जाजरकोट भूकम्प

चीनले १० करोडको राहत सामग्री सहयोग गर्ने

 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

National life
kumari

जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरूका लागि छिमेकी राष्ट्र चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ। नेपालका लागि चिनियाँ राजदूत चेन सङले यसबारे ट्विटरमा जानकारी दिएका हुन्।

साउथ एसियन कन्ट्रिज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट सो सहयोग गर्न लागिएको राजदूत सङको भनाइ छ। राहत सामग्रीमा टेन्ट, ब्ल्यांकेटलगायत रहेका छन्। ती सामग्री केही दिनमा नेपाल आइपुग्ने बताउँदै उनले थप राहत पनि घोषणा गरिने बताएका छन्।

प्रकाशित: Nov 04, 2023| 18:38 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्