शनिबार, जेठ ५, २०८१

सवारी दुर्घटनामा पाँचको मृत्यु, चारजना मृत फेला

 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

महोत्तरी, लोहारपट्टी नगरपालिका-८ विगही नदीको कच्ची तटबन्धस्थित सडकमा भ्रमरपुराबाट खुट्टा पिपराढीतर्फ जाँदै गरेको प्रदेश ०२-०२-००१ त १९६९ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक पिपरा गाउँपालिका-६ रतनपुर टोल बस्ने ३६ वर्षीय राम गुलामको घटनास्थलमै मृत्यु भएको छ।

triton college

यसैगरी महोत्तरी, जलेश्वर नगरपालिका-६ सानो धवौलीस्थित सडकमा बलबाबाट भिठ्ठामोडतर्फ जाँदै गरेको बिआर ३० बिए २७०३ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार भारत सितामदी घर भएका ५२ वर्षीय देवेन्द्र दासको शुक्रबार बेलुकी मृत्यु भएको छ। लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

सिरहा, सिरहा नगरपालिका-११ विश्वकर्मा चोकमा स.६ प ९७७० नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिई शुक्रबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक महोत्तरी भंगाहा सीतापुर घर भएका ३२ वर्षीय बिहारी कापरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका साइकलयात्रीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि नर्सिङ होम बिराटनगर रिफर गरिएको छ।

धनुषा, मिथिला नगरपालिका-६ ढल्केवर कृषि बजारस्थित सडकमा प्र.१-०१-००१ च ७१५९ नम्बरको कारको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको शुक्रबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको ढल्केवर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कैलाली, लम्कीचुहा नगरपालिका-६ तिलखामा सु.प.प्र. ०१-०१० प ४३०० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ८४ वर्षीय मानसिंह रावतको मृत्यु भएको छ। गएराति मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय अस्पताल लालरत्न लम्की हुँदै मेडिकल क्लेज कोहलपुरमा थप उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

corrent noodles
Metro Mart

मृत फेला
काठमाडौं महानगरपालिका-१३ सोल्टी मोडस्थित सडक पेटीमा चन्द्रागिरी नगरपालिका-६ घर भएका २६ वर्षीय सुमन कार्की शनिबार मृत अवस्थामा फेला परेका छन्।

ईलाम, सन्दकपुर गाउँपालिका-१ अप्ठ्यारे बस्ने ५१ वर्षीया तारा माया थेवे आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्। प्रहरीले थप अनुसन्धानको लागि मृतकका श्रीमानलाई नियन्त्रणमा लिएको छ।

कास्की, माछापुछ्रे गाउँपालिका-७ पोखरी बस्ने ३४ वर्षीय सुशिल परियार आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

स्याङजा, कालीगण्डकी गाउँपालिका-७ मिर्मीस्थित कालीगण्डकी ड्याम साईडमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।  सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Nov 04, 2023| 18:31 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्