बुधबार, वैशाख १६, २०८३

नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ : अमेरिकी दूतावास

 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

National life
kumari

काठमाडौं- नेपालस्थित संयुक्त राज्य अमेरिकी दूतावासले गएराति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबरप्रति दुःख व्यक्त गरेको छ। यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको दूतावासले जनाएको छ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दू भएर शुक्रबार राति ११:४७ बजे गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ। भूकम्पका कारण हालसम्म एक सय ५७ जनाको ज्यान गइसकेको छ भने ठूलो मात्रामा भौतिक क्षति भएको छ।


 

प्रकाशित: Nov 04, 2023| 18:24 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्