शनिबार, जेठ ५, २०८१

औषधि कारखानामा आगलागी हुँदा सात जनाको मृत्यु

 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

भारतको पश्चिमी राज्य महाराष्ट्रको एक औषधि कारखानामा भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका अधिकारीहरूले शनिबार जानकारी दिएका छन्।

triton college

आगलागीमा परी कैयौं व्यक्ति हराइरहेको बताइएको छ। महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १७७ किलोमिटर दक्षिणमा पर्ने रायगढ जिल्लामा रहेको महाराष्ट्र औद्योगिक विकास निगम (एमआईडीसी) महाडमा रहेको ब्लु जेट हेल्थकेयर कारखानामा शुक्रबार विस्फोट भएपछि आगलागी भएको थियो।

यस घटनापछि अधिकारीहरूले अग्नि नियन्त्रक विभागका अधिकारीहरू र राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ) का कर्मचारीहरूलाई उद्धार कार्यका लागि घटनास्थलमा पठाएका थिए। 'आज बिहानसम्म सात जनाको शव निकालिएको छ', एक अधिकारीले भने, 'घाइते भएका सात जनालाई अस्पताल भर्ना गरिएको छ। यसबाहेक बेपत्ताको खोजी कार्य जारी छ।'

विस्फोटको समयमा औषधि कारखानामा करिब दुई दर्जन मानिस उपस्थित थिए। घटनाको सम्बन्धमा अनुसन्धान शुरू भइसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 04, 2023| 18:23 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्