बुधबार, असार ४, २०८२

शक्तिशाली भूकम्पपछि १७५ वटा परकम्प

 |  शनिबार, कात्तिक १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

vianetvianet

शक्तिशाली भूकम्पले तहसनहस बनाएको जाजरकोट र रुकुम पश्चिममा लगातार साना-ठूला परकम्प गइरहेका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ११:४७ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जनधनको ठूलो क्षति गरेको छ। भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने २ सयभन्दा घाइते भएका छन्। जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो।

जाजरकोटमा १०५, रुकुम पश्चिममा ८५, दैलेखमा तीन, बैतडीमा तीन, जुम्लामा पाँच र रोल्पामा एक जना घाइते भएका छन्। उनीहरूमध्ये केही गम्भीर रहेका छन्। गम्भीर घाइते ८ जनालाई काठमाडौं ल्याइएको छ र त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। काठमाडौं ल्याइएका सबै रुकुम पश्चिमका हुन् र धेरैजसो बालबालिका र महिला छन्।

ठूलो भूकम्पपछि पनि साना-ठूला परकम्प गइरहेको भूकम्प अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रको तथ्यांकअनुसार शुक्रबार राति १४:४७ बजेदेखि आज अपराह्नसम्म १७५ वटा साना-ठूला परकम्प रेकर्ड भएका छन्। त्यसमध्ये पाँच वटा चार म्याग्निच्युडभन्दा ठूला छन्।

 

प्रकाशित: Nov 04, 2023| 18:18 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्