बिहीबार, वैशाख १७, २०८३

भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५७ पुग्यो

भूकम्पमा परेर मृत्यु हुनेमध्ये ९९ महिला र ५८ पुरुष रहेका छन्।
 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

काठमाडौं– शुक्रबार राती गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ। यीमध्ये ९९ महिला र ५८ जना पुरुष रहेका छन्।

National life

सबैभन्दा धेरै भूकम्पको इपिसेन्टर जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ। यसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन्। 

त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। यीमध्ये २७ जना महिला र २५ पुरुष रहेका छन्। हालसम्म जाजरकोटमा ८१, रुकुम पश्चिममा ७९ तथा दैलेख र जुम्लामा ३–३ जना गरी १६६ जना घाइते भएका छन्। घाइते मध्ये ५ जना डिस्चार्ज भएका छन्। 

गए राती ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। 

प्रकाशित: Nov 04, 2023| 17:12 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्