बिहीबार, वैशाख १७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न प्रधानमन्त्री प्रचण्डको अपिल

भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न प्रधानमन्त्री प्रचण्डको अपिल

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत भूकम्प प्रभावितको उद्धार एवं राहतका लागि सहकार्य र हातेमालो गर्न सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैलाई अपिल गरेका हुन्।
 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पपीडितलाई राहत, पुनःस्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताएका छन्।

National life

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत भूकम्प प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सहकार्य र हातेमालो गर्न सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैलाई अपिल गरेका हुन्।

गए राती जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूति सुन्न, घाइतेको उद्धार र पीडितको राहतका निम्ति आफू प्रभावित क्षेत्रमा पुगेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्। प्रधानमन्त्री आज बिहानै स्वास्थ्यकर्मी र राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा पुगेका थिए।

उनले भूकम्पबाट भएको क्षतिको स्थलगत अनुगमनका साथै घाइतेको उद्धारका लागि आफू चढिगएको नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइतेका उद्धार गरेका थिए।प्रधानमन्त्री प्रचण्डले जाजरकोट र रुकुमपश्चिमका विभिन्न अस्पतालमा पुगेर घाइतेको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै पीडितको साथमा सरकार रहेको भन्दै नआत्तिन आग्रह गरेका छन्।

सरकारले आजै जाजरकोट र रुकुमपश्चिमका लागि तत्काल पाँच÷पाँच करोड बराबरको बजेट उपलब्ध गराउने निर्णय गरिसकेको छ। भूकम्पपीडितलाई राहतका लागि आवश्यक निर्णय गर्न प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रकाशित: Nov 04, 2023| 16:23 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्