सोमबार, असार २९, २०८३

भूकम्प अपडेटः हालसम्म १३७ जनाको मृत्यु

रुकुम पश्चिममा ३८ र जाजरकोटमा ९९ जनाले ज्यान गुमाएका हुन्।
 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

काठमाडौं– शुक्रबार राती गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ।

कर्णाली प्रदेशका कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका अनुसार भूकम्पबाट जाजरकोटमा ६९ महिला र ३० पुरुष गरी ९९ जनाले ज्यान गुमाएका छन्। रुकुम पश्चिममा १९ पुरुष र १९ महिला गरी ३८ जनाको मृत्यु भएको छ।

भूकम्पबाट जाजरकोटमा ८१, रुकुम पश्चिममा ७२, जुम्ला र दैलेखमा तीन÷तीन तथा  सल्यानमा एक जना घाइते भएका छन्। उनीहरुको जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र बाँकेका विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। घाइतेको तथ्यांक संकलन गर्ने काम भइरहेको छ। 

जाजरकोट र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भूकम्प प्रभावित क्षेत्रमा आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पूर्वगृहमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालगायत पुगेर मृतकका परिवारजन तथा घाइतेलाई भेटेका छन्।

गए राती ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। 

प्रकाशित: Nov 04, 2023| 15:07 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्