सोमबार, असार २९, २०८३

नेविसंघद्वारा भूकम्पपीडितका लागि राहत कोष स्थापना 

नेविसंघको आकस्मिक केन्द्रीय समिति बैठकले ७ लाख ११ हजार रुपैयाँको भूकम्पपीडितका लागि राहत कोष स्थापना गरेको हो। 
 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

काठमाडौं– नेपाल विद्यार्थी संघले भूकम्पपीडितका लागि राहत कोष स्थापना गरेको छ।

आज बसेको नेविसंघको आकस्मिक केन्द्रीय समिति बैठकले ७ लाख ११ हजार रुपैयाँको भूकम्पपीडितका लागि राहत कोष स्थापना गरेको हो। 

नेविसंघले हरेक केन्द्रीय सदस्यबाट १–१ हजार संकलन गरी उक्त कोष स्थापना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य टेकराज अवस्थीले जानकारी दिए।

नेविसंघले भूकम्पबाट प्रभावितको राहत, उद्धारमा जुट्नसमेत आग्रह गरेको छ। गए राती ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रकाशित: Nov 04, 2023| 14:53 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्