बिहीबार, वैशाख १७, २०८३

भूकम्पबाट १३३ को मृत्यु, १८५ घाइते

भूकम्पका कारण जाजरकोटमा ९५ जनाको तथा रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ।
 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

काठमाडौं– भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १३३ जनाको मृत्यु भएको विवरण गृह मन्त्रालयले सार्वजनिक गरेको छ।भू कम्पबाट हालसम्म दुवै जिल्लामा गरी १८५ जना घाइते भएका छन्। 

National life

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९५ जनाको तथा रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ। घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज तथा अन्य ठाउँमा लैजाने क्रम जारी छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै प्रभावित क्षेत्रमा पुगेर उद्धारको पहलमा जुटेका छन्। चिकित्सक टोली र राहतसामग्रीसहित प्रभावित क्षेत्र पुगेको प्रचण्डको सचिवालयले जनाएको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ। प्रभावित क्षेत्रमा यसका लागि १ हजार ५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। 

यसैबीच भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँच वटा हेलिकोप्टर तथा जहाज प्रयोग गरेको छ। सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार ३३ घाइतेको जिल्ला अस्पताल जाजरकोट र रुकुम पश्चिमबाट हेलिकप्टरमा उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगिएको छ।

राहत तथा उद्धारका लागि चिकित्सकसहितको टोली घटनास्थल लग्ने काम भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिए। काठमाडौं, सुर्खेत र नेपालगञ्जमा चिकित्सकसहितको टोली तयारी अवस्थामा राखिएको उनले बताए। 

गए राती ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ।

प्रकाशित: Nov 04, 2023| 13:53 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्