बिहीबार, वैशाख १७, २०८३

बागमती प्रदेशबाट भूकम्पपीडितलाई डेढ करोड सहयोग

बागमती प्रदेश सरकारले भूकम्पपीडितको तत्काल उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि १ करोड ५० लाख सहयोग उपलब्ध गराएको हो।
 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

National life

काठमाडौं– बागमती प्रदेश सरकारले भूकम्पपीडितको तत्काल उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि १ करोड ५० लाख सहयोग उपलब्ध गराउने भएको छ। 

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले विज्ञप्ति जारी गर्दै नागरिक समाज, विभिन्न गैरसरकारी संस्थालाई विपद्को घडीमा आवश्यक सहयोगका लागि आग्रह गरेका छन्। 

विज्ञप्तिमा भनिएको छ, ‘यस विपद्को घडीमा बागमती प्रदेश सरकार कर्णाली प्रदेश सरकारसँगै रहनेछ।’ जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएराति गएको भूकम्पले ठूलो मात्रामा जाजरकोट र रुकुम पश्चिम जिल्लामा जनधनको क्षति पुगेकामा बागमती सरकारले दुःख व्यक्त गरेको छ।

प्रकाशित: Nov 04, 2023| 13:42 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्