बुधबार, असार २५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • जाजरकोट, रुकुमपश्‍चिम र रुकुमपूर्वमा ५ दिनसम्म फोन र एसएमएस सेवा निःशुल्क

जाजरकोट, रुकुमपश्‍चिम र रुकुमपूर्वमा ५ दिनसम्म फोन र एसएमएस सेवा निःशुल्क

 |  शनिबार, कात्तिक १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

vianetvianet

काठमाडौं- नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि भ्वाइस कल (टेलिफोन) र एसएमस सेवा निःशुल्क गराएको छ।

गएराति गएको भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन भन्दै टेलिकमले यस्तो घोषणा गरेको हो।

यस्तै सो क्षेत्रमा ५ दिनको अवधिका लागि निःशुल्क भ्वाइस र एसएमएस सेवा सहितको निःशुल्क सिम उपलब्ध गराउने घोषणा टेलिकमले शनिबार गरेको छ। उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ।

हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु राम्रोसँग सञ्चालनमा रहेको टेलिकमले जनााएको छ।

प्रवक्ता शोभन अधिकारीका अनुसार विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रुपमा सुचारु राख्ने प्रतिबद्ध छ।

‘उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाइफाइसेवा उपलब्ध गराइनेछ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ।

कम्पनीका सेवा सम्बन्धी समन्वयका लागि कम्पनीका कर्मचाहरीहरु प्रकाशचन्द्र सिग्देल (९८५१०२१७४०), जनक डाँगी (९८५१११०९९५५) र ओम प्रकाश ढकाल (९८५१३४७८७०)सँग सम्पर्क गर्न टेलिकमले आग्रह गरेको छ।
 

प्रकाशित: Nov 04, 2023| 13:40 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्