बिहीबार, वैशाख १७, २०८३

भूकम्पबाट जुम्लामा पाँच घाइते, केही घर भत्किए

जुम्लाका आठ वटै स्थानीय तहका गाउँगाउँबाट भूकम्पले घरह चर्किएका खबर।
 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

जुम्ला– छिमेकी जिल्ला जाजरकोट केन्द्रबिन्दु भएर गए राती गएको भूकम्पका कारण जुम्लामा पाँच जना सामान्य घाइते भएका छन्।

National life

स्थानीय प्रशासनको प्रारम्भिक जानकारीअनुसार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा जुम्लाको तातोपानी गाउँपालिका–३ बाहुनवाडाकी २६ वर्षीया सृजना गौतमको हातमा र उनका ११ महिनाका छोरा आयुषको आँखामा चोट लागेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार तातोपानी–३ का १४ वर्षीय निराजन उपाध्याय, तिला–३ दानीवाडाका ११ वर्षीया सपना थापा र तातोपानी–४ का हरि बहादुर खत्रीको घरको पर्खाल खसेपछि भाग्न खोज्दा खुट्टामा सामान्य चोट लागेको छ।

तिला गाउँपालिका–३, ५ र ९ का केही घर तथा विद्यालय चर्केका छन् भने चन्दननाथ नगरपालिका–८ निवासी विष्णु महतको घरको एउटा कोठा भत्किएको र अरू कोठा चर्किएका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

जुम्लाका आठ वटै स्थानीय तहका गाउँगाउँबाट भूकम्पले घरह चर्किएका खबर आएको स्थानीय तहका प्रमुख बताउँछन्।

जिल्लामा भूकम्पबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए। जिल्लाकोे यकिन तथ्यांंकका लागि प्रहरी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति गरेको छ।

प्रकाशित: Nov 04, 2023| 13:35 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्