बिहीबार, असार २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • जाजरकोटबाट फर्किए लगत्तै प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

जाजरकोटबाट फर्किए लगत्तै प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

 |  शनिबार, कात्तिक १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

vianetvianet

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आइतबार बिहान ८ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्य किरणले जानकारी दिए। जाजरकोट पुगेर भूकम्प प्रभावितको अवस्था र घाइतेलाई उपचारका लागि काठमाडौं ल्याएर फर्किएका प्रधानमन्त्री प्रचण्डले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। 

आइतबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्प प्रभावितहरूका लागि राहत प्याकेज घोषणा गरिने उनले बताए। शुक्रबार राति ११:४७ बजे जाजरकोटको बारिकोट गाउँपालिका(१, रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो। 

भूकम्पमा परी करिब २५० जनाको निधन भएको गृह मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली भूकम्प प्रभावित क्षेत्र पुगेका छन्। 

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा जनही ५/५ करोड रुपैया पठाउने निर्णय भएको हो।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई उक्त रकम पठाउने निर्णय भएको हो। उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने छ।

प्रकाशित: Nov 04, 2023| 13:35 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्