बिहीबार, असार २६, २०८२

भारतमा ट्रकको ठक्करबाट एकै परिवारका पाँच नेपालीको मृत्यु

कर्नाटक राज्यको गुलवर्गा अवजलपुरको तलकामा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा सुर्खेत चौकुने गाउँपालिका–७ का एउटै परिवारका पाँच जना नेपालीको मृत्यु भएको हो।
 |  शनिबार, कात्तिक १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

vianetvianet

सुर्खेत– ट्रकले ठक्कर दिँदा भारतमा रोजगारीका लागि गएका सुर्खेतका एउटै परिवारका पाँच जनाको मृत्युु भएको छ। कर्नाटक राज्यको गुलवर्गा अवजलपुरको तलकामा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा सुर्खेत चौकुने गाउँपालिका–७ का एउटै परिवारका पाँच जना नेपालीको मृत्यु भएको हो।

मृत्यु हुनेमा सुर्खेत चौकुने–७ अमलाटाकुराका २७ वर्षीय रतन नेवारसहित उहाँकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उहाँका छोरा पाँच वर्षीय मिलन, अर्का छोरा दुई वर्षीय धड्कन र भाइबुहारी सुस्मिता नेवार रहेको चौकुने–७ का वडाध्यक्ष धनिराम धमलाले बताए।

मृतक रतनका दाइले त्यहाँकै एक अस्पतालमा उपचार गराई रहेको र बिरामी दाइलाई भेट्न उनीहरु फर्किने बेलामा ट्रकले ठक्कर दिइएको जानकारी प्राप्त भएको वडाअध्यक्ष धमलाले बताए।

मृतक नेवारका परिवार एक वर्षदेखि रोजगारीका लागि भारत गएका थिए।  चौकुने घरमा बुढा बुबाआमा मात्रै रहेको जनाइएको छ। बाबुआमा मात्रै रहेको र बाँकी सबै परिवार रोजगारीका लागि भारतमै रहेको धमलाले बताए। घटनाको अनुसन्धानका लागि प्रशासनसँग माग गरिएको त्यहाँ रहेका नेपालीलाई उद्धृत गर्दै वडाध्यक्ष धमलाले बताए।

प्रकाशित: Nov 04, 2023| 12:41 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्