बिहीबार, वैशाख १७, २०८३

इजरायलबाट ल्याइयो थप तीन नेपालीको शव

फुलाराको शव शुक्रबार दिउँसो, स्वर्णकारको शुक्रबार राती र साहको आज बिहान नेपाल ल्याइएको हो।
 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

काठमाडौं– इजराइलमा गत असोज २० मा प्यालिस्टनी चरमपन्थी समूह हमासको आक्रमण परेर मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये थप तीन जनाको शव नेपाल ल्याइएको छ।

National life

फ्लाई दुबईको जहाजमार्फत नेपाल ल्याइएका शवमा सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा र धनुषा सापही–६ का आनन्द साहको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताए। उनका अनुसार फुलाराको शव शुक्रबार दिउँसो, स्वर्णकारको शुक्रबार राती र साहको आज बिहान नेपाल ल्याइएको हो।

हमास समूहको आक्रमणमा परी मृत्यु भएकामध्ये आठ जनाको शव नेपाल आइपुगेको परराष्ट्रले जनाएको छ। साह र स्वर्णकारको शव आजै सम्बन्धित जिल्लामा नेपाली सेनाको हेलिकोप्टरमार्फत पठाइनेछ।

हालसम्म बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, कैलाली बौनियाँ–३ का आशीष चौधरी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, धनुषा सापही–६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलाराको शव नेपाल ल्याइसकिएको छ। आक्रमणमा परी बेपत्ता भएका कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी अहिलेसम्म फेला परेका छैनन्।
 

प्रकाशित: Nov 04, 2023| 12:37 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्