बिहीबार, वैशाख १७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भूकम्प प्रभावितको उद्धारलाई तीव्र बनाउने कर्णाली सरकारको निर्णय

भूकम्प प्रभावितको उद्धारलाई तीव्र बनाउने कर्णाली सरकारको निर्णय

मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् परिषद् बैठकले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा उद्धार तथा राहतलाई तीव्र बनाउने निर्णय गरेको हो।
 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

काठमाडौं– कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्राथमिकता राखेर सरकार सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ।

National life

आज मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् परिषद् बैठकले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा उद्धार तथा राहतलाई तीव्र बनाउने निर्णय गरेको हो।

बैठकले भूकम्प प्रभावित क्षेत्रका दुवै जिल्लामा उद्धार तथा राहतका लागि सबै निकायसँग समन्वय, सहकार्यका साथै सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए।

मन्त्री जिसीले भने, ‘अहिले तत्काल प्रभावित क्षेत्रमा मेडिकल टोली पठाइएको छ। हामी राहत सामग्री तत्काल पठाउँदै छौँ। अपुग भए थप खरिद गर्ने गरी निर्णय पनि गरेका छौँ।’ 

प्रदेश सरकारले नेपाली सेनासँग समन्वय गरी सुर्खेत एयरबेसमा रहेको हेलिकोप्टरमार्फत चिकित्सक पठाउने र बिरामी ल्याउने काम पनि गरिरहेको बताउँदै उनले विपद् प्रतिकार्यका लागि सरकारले शोधभर्ना हुने गरी बजेट खर्च गर्न खर्चसम्बन्धी व्यवस्था मिलाइएको पनि जनाए।

प्रकाशित: Nov 04, 2023| 11:32 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्