बिहीबार, वैशाख १७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्रधानमन्त्री प्रचण्ड सवार हेलिकोप्टरबाट भूकम्पका घाइतेको उद्धार

प्रधानमन्त्री प्रचण्ड सवार हेलिकोप्टरबाट भूकम्पका घाइतेको उद्धार

आज प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र निरीक्षणका लागि जाजकोट पुगेका बेला उनी सवार हेलिकोप्टरबाट घाइते ७ जनाको उद्धार गरिएको हो।
 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

काठमाडौं– जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पपछि भएको मानवीय तथा भौतिक क्षति निरीक्षणमा निस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेको हेलिकोप्टरबाट जाजरकोटका ७ घाइतेको उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको छ।

National life

आज प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र निरीक्षणका लागि जाजकोट पुगेका बेला उनी सवार हेलिकोप्टरबाट घाइते ७ जनाको उद्धार गरिएको हो। प्रधानमन्त्री प्रचण्ड सवार हेलिकोप्टर जाजरकोटको नलगाडबाट ७ जना घाइते र ७ जना कुरुवालाई लिएर सुर्खेत उडेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम (पश्चिम) र जाजरकोटमा पुगेर भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि सुर्खेत फर्किएका छन्। प्रधानमन्त्री सवार सेनाको हेलिकोप्टरले घाइतेलाई समेत राखेर सुर्खेतका लागि उडेको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ।

शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा हालसम्म १५४ जनाको मृत्यु भएको छ।

प्रकाशित: Nov 04, 2023| 11:24 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्