बिहीबार, वैशाख १७, २०८३

भूकम्पले रुकुम पश्चिमको एकै नगरपालिकामा ४३ जनाको मृत्यु

 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

National life

रुकुम पश्चिम जिल्लाको आठविसकोट नगरपालिकामा भूकम्पले धेरै क्षति पुर्‍याएको छ। शुक्रबार मध्य रातमा आएको शक्तिशाली भूकम्पले रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा ४३ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्।

वडा नम्बर १४ मा मात्रै २४ जनाको ज्यान गएको छ। सयौँ मानिस भूकम्पमा परेर घाइते भएका छन्। तीन जना सख्त घाइतेहरूलाई सेनाको हेलिकप्टरमार्फत् बिहानै थप उपचारका लागि सुर्खेत पठाइएको छ।

त्रासका कारण मानिसहरू घर बाहिर नै बसिरहेका छन्। मौसम चिसो भएकाले पीडितहरू थप अप्ठेरोमा पर्ने भएका छन्। करिब ३५ हजार जनसंख्या भएको आठविसकोट नगरपालिकामा सयौँ घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
 

प्रकाशित: Nov 04, 2023| 10:33 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्