बिहीबार, वैशाख १७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • 'राज्यको सम्पूर्ण शक्ति भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित'

'राज्यको सम्पूर्ण शक्ति भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित'

 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्यको सम्पूर्ण शक्ति भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा केन्द्रित रहेको बताएका छन्। 

National life

सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले प्रधानमन्त्री जाजरकोट पुगिसकेको र आफू सुर्खेत विमानस्थलमा खटिएको बताए। खड्का शुक्रबार नै सुर्खेत आएका थिए।

खड्काका अनुसार अहिले नेपाली सेनासँग भएका चार वटा हेलिकोप्टर घाइतेको उद्धारका लागि खटाइएको छ। सेनाको जनशक्ति प्रभावित क्षेत्रमा पठाउने काम भइरहेको पनि उनले बताए। 

सुर्खेतमा रहेको सानो हेलिकप्टरबाट पनि घाइतेहरूलाई उद्धार गर्ने कार्य भइरहेको छ।

प्रकाशित: Nov 04, 2023| 10:10 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्