बिहीबार, वैशाख १७, २०८३

सेनाका लेसनायक सोल्टीमोडमा मृत फेला, हत्याको आशंका

 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

National life

नेपाली सेनाका लेसनायक सोल्टीमोडमा मृत अवस्थामा फेला परेका छन्। उनको शव शनिबार बिहान ६:१५ बजे काठमाडौंको सोल्टिमोडस्थित दरबार ब्यांक्वेट अगाडि सडक पेटीमा लडिरहेको अवस्थामा फेला परेका हुन्।

काठमाडौंको चन्द्र गिरी नगरपालिका वडा नं. ६ घर भएका २६ वर्षीय सुमन कार्की मृत फेला परेका हुन्। उनको साथमा नेपाल आर्मीको आईडी कार्ड रहेको र उनी गणेश दल गण जंगी अड्डा भद्रकालीमा दरवन्दी भई लेस नायक दर्जामा कार्यरत रहेको प्रहरीको भनाइ छ।

उनको मृत्युको कारण खुलेको छैन। तर, उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ।  

प्रकाशित: Nov 04, 2023| 10:05 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्