बिहीबार, वैशाख १७, २०८३

भारतीय प्रधानमन्त्रीले भने- भूकम्पमा सहयोग गर्न भारत तयार

 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

National life

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

शनिबार सामाजिक सञ्जालमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई मेन्सन गर्दै नेपालमा गएको भूकम्पबाट भएको क्षतिप्रति दुःख लागेको बताएका हुन्।

उनले भनेका छन्, 'नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख लागेको छ। भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ। शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।'

प्रकाशित: Nov 04, 2023| 10:02 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्