बिहीबार, वैशाख १७, २०८३

भूकम्पमा मृत्यु हुनेको संख्या १५४ पुग्यो

 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

जाजरकोटमा गएराति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ। पछिल्लो प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुकुम-पश्चिममा ६२ जनाको मृत्यु भएको हो।

National life

घाइतेको संख्या डेढ सयभन्दा माथि पुगिसकेको छ। भूकम्पमा गम्भीर घाइते भएका रुकुम-पश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ।

उद्धार र क्षतिको विवरण संकलन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताइएको छ।

गए राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रकाशित: Nov 04, 2023| 09:53 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्