बिहीबार, वैशाख १७, २०८३

जाजरकोट भूकम्पका मृतकको संख्या १२८ पुग्यो

 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ। जाजरकोट र रुकुम पश्चिममा यो क्षति भएको हो।

National life

जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्लामा ५५ जना घाइते छन्। 

यसैगरी रुकुम पश्चिममा भूकम्पमा परी ३६ जनाको ज्यान गएको छ। जिल्लामा ८५ जना घाइते भएका छन्। 

गम्भीर घाइते धेरै भएकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ। दुई जिल्लामा ठूलो भौतिक क्षति पनि भएको छ।

प्रकाशित: Nov 04, 2023| 07:47 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्