बिहीबार, वैशाख १७, २०८३

जाजरकोट भूकम्प अपडेट

जाजरकोट र रुकुम पश्चिममा १२१ जनाको मृत्यु

 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

गएराति जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ सय २१ पुगेको छ। प्रहरीका अनुसार जाजरकोट र रुकुमपश्चिममा अहिलेसम्म कम्तीमा एक सय २१ जनाले ज्यान गुमाएका छन्। 

National life

जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ जनाको मृत्यु भएको छ। स्वास्थ्य शाखामा अहिले ३० जनाको शव छ भने पाँच जनाको शव रिम्नामा राखिएको छ। 

सबैभन्दा बढी क्षति वडा नम्बर १ र ३ भएको छ। भेरी करिडोर लगायतका सडकहरु अवरुद्ध भएका कारणले घाइतेको उद्धार गर्न समस्या भएको छ।

यस्तै, जाजरकोटकै नगलगाड नगरपालिकामा उप प्रमुख सरिता सिंहसहित ५० जना बढीले ज्यान गुमाएका छन्। 

वडा नम्बर एकमा सबैभन्दा बढी मानविय क्षति भएको छ। ३० देखि ३५ जना घाइते भएका छन्।   

यस्तै, रुकुमपश्चिमा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ बढी घाइते भएका छन्।
 

प्रकाशित: Nov 04, 2023| 07:27 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्