बुधबार, असार ४, २०८२

जाजरकोट भूकम्प अपडेट

जाजरकोट र रुकुम पश्चिममा १२१ जनाको मृत्यु

 |  शनिबार, कात्तिक १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

vianetvianet

गएराति जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ सय २१ पुगेको छ। प्रहरीका अनुसार जाजरकोट र रुकुमपश्चिममा अहिलेसम्म कम्तीमा एक सय २१ जनाले ज्यान गुमाएका छन्। 

जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ जनाको मृत्यु भएको छ। स्वास्थ्य शाखामा अहिले ३० जनाको शव छ भने पाँच जनाको शव रिम्नामा राखिएको छ। 

सबैभन्दा बढी क्षति वडा नम्बर १ र ३ भएको छ। भेरी करिडोर लगायतका सडकहरु अवरुद्ध भएका कारणले घाइतेको उद्धार गर्न समस्या भएको छ।

यस्तै, जाजरकोटकै नगलगाड नगरपालिकामा उप प्रमुख सरिता सिंहसहित ५० जना बढीले ज्यान गुमाएका छन्। 

वडा नम्बर एकमा सबैभन्दा बढी मानविय क्षति भएको छ। ३० देखि ३५ जना घाइते भएका छन्।   

यस्तै, रुकुमपश्चिमा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ बढी घाइते भएका छन्।
 

प्रकाशित: Nov 04, 2023| 07:27 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोही किन सन्तान जन्माउन अनिच्छुक ?

कोही किन सन्तान जन्माउन अनिच्छुक ?

सार्वजनिक प्रतिवेदनले विभिन्न प्राज्ञिक अनुसन्धान तथा १४ राष्ट्रहरूमा गरिएको अध्ययनले प्रत्येक पाँचमध्ये एक व्यक्तिले आफूले इच्छा गरे जति बच्चा नजन्माउन नपाएको उल्लेख गरेको देखाएको छ।...