जाजरकोट केन्द्रबिन्दु भई मध्यरातमा गएको भूकम्पमा परी ६४ जनाको मृत्यु भएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आज बिहान ५ बजेसम्मको विवरणअनुसार दुई जिल्लामा गरी ६४ जनाको मृत्यु भएको हो।
दुवै जिल्लामा गरी ९७ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। राहतको काम जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान छ।
भूकम्पका कारण केही क्षेत्रहरू केही गाउँपालिकामा टेलिफोन सेवा पनि अवरूद्ध भएका छन्। रूकुम पश्चिम र जाजरकोटको सिमाना पर्ने रिम्ना भन्ने ठाउँमा पहिरोका कारण सडक अवरूद्ध भएको छ।