सोमबार, असार २९, २०८३

भूकम्पले जाजरकोट र रूकुम पश्चिममा ६४ जनाको मृत्यु

 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भई मध्यरातमा गएको भूकम्पमा परी ६४ जनाको मृत्यु भएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आज बिहान ५ बजेसम्मको विवरणअनुसार दुई जिल्लामा गरी ६४ जनाको  मृत्यु भएको हो।

दुवै जिल्लामा गरी ९७ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। राहतको काम जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान छ।

भूकम्पका कारण केही  क्षेत्रहरू केही गाउँपालिकामा टेलिफोन सेवा पनि अवरूद्ध भएका छन्। रूकुम पश्चिम र जाजरकोटको सिमाना पर्ने रिम्ना भन्ने ठाउँमा पहिरोका कारण सडक अवरूद्ध भएको छ।
 

प्रकाशित: Nov 04, 2023| 07:06 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्