बिहीबार, वैशाख १७, २०८३

'भूतको सहर' जस्तै देखिन्छ गाजा

गाजामा फेरि बमबारीको चेतावनीहरु निरन्तर प्राप्त भएपछि नागरिकहरु भाग्‍ने उपायहरु खोजिरहेका छन्।
 |  शुक्रबार, कात्तिक १७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

काठमाडौं- ७ अक्टोबरमा गाजामा रहेको हमास समूहले इजरायली सीमा क्षेत्रमा आक्रमण गरेपछि सुरु भएको इजरायल-हमास युद्धको करिब एक महिना पूरा हुन लागेको छ। इजरायलले गाजालाई पूर्ण नियन्त्रणमा लिन हमासलाई समाप्त पार्ने घोषणा गर्दै निरन्तर आक्रमण जारी राखेको छ।

National life

इजरायली सेनाको आक्रमणमा परी गाजामा ९ हजार २२७ जनाको मृत्यु भइसकेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायली आक्रमणमा मारिनेमा ३ हजार ८ सय २६ बालबालिका र २ हजार ४०५ महिला रहेको मन्त्रालयले जनाएको छ।

यही अवधिमा ३२ हजार ५०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइते राम्रोसँग उपचार पाइरहेका छैनन्। इजरायली सेनाले गाजा भित्र हमासका धेरै सुरुङहरूको खोजी गरी ध्वस्त पारेको घोषणा गरिरहेको छ।

Gaza-Area-diplacement-1697020105.jpg

यस अपरेसनको नेतृत्व याहालोम इकाईले गरेको थियो। एउटा विशेष डिभिजनले इन्जिनियरिङ कार्यहरू जस्तै भूमिगत सुरुङहरू नष्ट गर्ने र विस्फोटक पदार्थहरू उत्पादन हुने क्षेत्रलाई ध्वस्त पारेको इजरायली सेनाले दाबी गरिरहेको छ।

यससँगै इजरायली सेना गाजाको उत्तरी सीमामार्फत गाजा सहरमा प्रवेश गरी सडकमा गुडिरहेका गाडीमाथिको आक्रमणलाई तीव्र बनाएको छ। जसले गाजा भूतको सहरजस्तै बन्दै गएको अलजजिराले रिपोर्ट गरेको छ।

'सडकमा कोही पनि देखिँदैनन्, स्थानीय घर बाहिर जान डराइरहेका छन्,' रिपोर्टमा भनिएको छ। आक्रमणको सुरुवाताका दिनमा बजार बढीमा डेढ घन्टा खुल्ने गरेको भए पनि अहिले पूर्णरुपमा बन्द भएको छ। इजरायली सेनाले सडकमा निस्किनेलाई पनि गोली बर्साउन थालेपछि मानिसहरु बाहिर निस्कन डराएका हुन्।

gaja2-1698771759.jpg

गाजामा फेरि बमबारीको चेतावनीहरु निरन्तर प्राप्त भएपछि नागरिकहरु भाग्‍ने उपायहरु खोजीरहेका छन्। विगत चार दिनदेखि इजरायली सेनाले एम्बुलेन्सलगायत निजी गाडीहरुलाई लक्षित गरी अल-रशिद सडकमा गोली हान्‍न थालेपछि सडक अहिले पूर्ण खाली देखिन्छ।

इजरायली सेनाको निशाना पर्ने भयका कारण नागरिहरु बाहिर निस्किन नसक्‍ने स्थिति भएपछि गाजामा सन्‍नाटा छाएको छ। भूतको सहरजस्तै बनेको छ। इजरायली सेनाले अस्पतालमासमेत आक्रमण गर्न थालेपछि चिकित्सक तथा बिरामीहरुलाई अन्यत्र सार्ने प्रयास भइरहेको छ।

 

प्रकाशित: Nov 03, 2023| 17:57 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्