बिहीबार, वैशाख १७, २०८३

सडक दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु

 |  शुक्रबार, कात्तिक १७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

काठमाडौं- भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुका भन्ने स्थानमा सडक दुर्घटनामा परी एकै परिवारका पाँच जनाको मृत्यु भएको हो।

National life

मृत्यु हुनेमा चौकुने गाउँपालिका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन र डेढ वर्षका धड्कन नेवार रहेका छन्।

दुर्घटनामा परी रतनका भाइबुहारी सुस्मिता नेवारको पनि मृत्यु भएको छ।

बिहीबार उनीहरू चढेको मोटरसाइकललाई पछाडिबाट आएको मालबाहक ट्रकले ठक्कर दिँदा पाँचै जनाको मृत्यु भएको बुझिएको छ।

प्रकाशित: Nov 03, 2023| 17:42 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्