बुधबार, असार ४, २०८२

गाउँमा गोरु पाइन छोडेपछि हाते ट्याक्टरको भर

 |  शुक्रबार, कात्तिक १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

vianetvianet

गलेश्वर- कृषिमा आधुनिकीकरण र युवा जनशक्ति विदेश पलायनका कारण ग्रामीण क्षेत्रमा खेतबारी जोत्न र दाइँ गर्न गोरु पाल्ने चलन हट्दै गएको छ। त्यसको ठाउँमा दाइँ लगाउन पनि हाते ट्र्याक्टरको प्रयोग बढ्न थालेको छ।

म्याग्दीका ग्रामीण क्षेत्रमा पछिल्लो समय परम्परादेखि नै चल्दै आएको गोरुको सहायताले दाइँ लगाउने प्रचलन लोप हुने अवस्थामा पुगेको छ। गाउँघरमा गाईगोरु पाल्नेहरू घटेसँगै प्रविधिको प्रयोग बढ्दै गएको बेनी नगरपालिका–२ खबराका अगुवा किसान चन्द्रबहादुर कार्कीको भनाइ छ।

दाइँ गर्न डम्मरा र चुत्रेनीसम्म पुगग्दा पनि गोरु नपाइएपछि ट्र्याक्टर प्रयोग गरिएको बेनी नगरपालिका–२ बगरफाँटका किसान तोपबहादुर जिसीले बताए। जिसी मात्रै होइन म्याग्दीका धेरै किसानले खेतबारी जोत्नदेखि लिएर धान पराल गर्न र अन्य कृषि कार्यमा समेत अहिले कृषि औजारको प्रयोग गर्न थालेका छन्। 

बगरफाँटका किसान टेकबहादुर कार्कीले भने, 'गोरु पाल्नै छोडे, धान झाँटेपछि दाइँ पराल गर्नै पर्‍यो, एक घण्टाको आठ सय तिरेर ट्र्याक्टर प्रयोग गरी दाइँ गरेँ।'

गाउँघरमा पहुँचवालाहरूले सरकारी अनुदानमा ल्याएका कृषि उपकरणको वास्तविक किसानसँग महँगो शुल्क लिएर काम गरिदिने गरेका किसान खड्गबहादुर थापाले गुनासो गरे। हाते ट्र्याक्टर प्रयोग गरी एक घण्टा जोतेको वा दाइँ गरेको ट्र्याक्टर मालिकले आठ सय लिने गरेको उनले सुनाए। 

पछिल्ला चार वर्षयता म्याग्दीमा पनि धान स्याहार्न हाते ट्र्याक्टर, ट्र्याक्टर र थे्रेसरको प्रयोग बढेको बगरफाँटका अर्का कृषक क्षेत्रबहादुर केसीले बताए।

गोरु नै पाइन छोडेपछि अहिले दाइँ लगाउने प्रचलन पनि हराउँदै गएको ८८ वर्षीय बेदप्रसाद उपाध्यायले बताए। 'पराल र धान स्याहार्न खलो वरिपरि मान्छे हुन्थे, मियो वरिपरि पाँच/सातवटा गोरु घुमाएर रातभर दाइँ गरिन्थ्यो, अहिले ती सबै कुरा सम्झना मात्रै भए,' उनले भने।

पहिले हरेक घरमा कृषि कामको सहायताका लागि गाईगोरु पाल्ने चलन थियो तर अहिले उक्त चलन हराउँदै गएको मङ्गला–५ छिसबाङका किसान प्रेमबहादुर पुनले बताए। म्याग्दी पहाडी क्षेत्र भएकाले खेतबारीका फोहोटाहरूमा पनि प्रयोग गर्न सकिने हाते ट्र्याक्टर किसानले प्रयोग गर्ने गरेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। 

कृषि प्राविधिक जगत बानियाँले गाउँ छिटो र सजिलोका लागि जोत्नका लागि ट्र्याक्टर, सडकको पहुँच नपुगेको स्थानमा हाते ट्र्याक्टरको प्रयोग बढेको बताए।

प्रकाशित: Nov 03, 2023| 21:02 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोही किन सन्तान जन्माउन अनिच्छुक ?

कोही किन सन्तान जन्माउन अनिच्छुक ?

सार्वजनिक प्रतिवेदनले विभिन्न प्राज्ञिक अनुसन्धान तथा १४ राष्ट्रहरूमा गरिएको अध्ययनले प्रत्येक पाँचमध्ये एक व्यक्तिले आफूले इच्छा गरे जति बच्चा नजन्माउन नपाएको उल्लेख गरेको देखाएको छ।...