बुधबार, असार ४, २०८२

विदेशबाट फर्किएर बाख्रा पाल्दा वार्षिक २५ लाख आम्दानी

 |  शुक्रबार, कात्तिक १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

vianetvianet

बेनी- वैदेशिक रोजगार त्यागेर बाख्रापालन गरेका यहाँका एक व्यक्तिको पहिचान फेरिएको छ। विदेशबाट फर्किएर बाख्रापालनमा आबद्ध भएका बेनी नगरपालिका-३ भकिम्ली डाँडाखानीका उनले करिब १२ वर्षको अवधिमा आफ्नो पहिचान ‘अगुवा कृषक’को रुपमा स्थापित गराएका हुन्।

खाडी मुलुकमा गरिएको रोजगारीबाट आर्थिकरुपमा सबल नबनेपछि श्रीस गाउँमै पौरख गर्ने अठोट लिएर खाली हात स्वदेश फर्किएका थिए। गाउँ फर्किएपछि विसं २०६८ मा जग्गा धितो राखी ऋण लिएर व्यावसायिक बाख्रापालन सुरु गरेका उनी अहिले स्वरोजगार बन्नाका साथै अन्य व्यक्तिलाई समेत रोजगार बनाएका छन्।

विगत १२ वर्षदेखि बाख्रापालन गर्दै आएका श्रीस बोयर जातको बाख्रापालनबाट मनग्य आम्दानी गर्न सफल भएका हुन्। पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेका उनले बोयर जातका पाठापाठी उत्पादन गरेर देशका विभिन्न भागमा बिक्री गर्दै आएका छन्।

श्रीसको फार्मबाट वार्षिक करिब २५ लाख रूपैयाँ बराबरको बोयर बाख्रा बिक्री हुने गरेको छ। केही वर्षअघिसम्म बोयर बाख्राको मूल्य राम्रो पाएपछि अहिले बोयरको उत्पादन बढाइएकामा अहिले भने यसको आकर्षण घटेका कारण आम्दानीमा गिरावट आएको उनको गुनसो छ।

'दुई वर्षअघिसम्म बोयर बोका र पाठीलाई दुई लाख रूपैयाँसम्म पर्थ्यो, मैले मेरै फार्मबाट वर्षमा ६० लाख रूपैयाँसम्मको कारोबार गरेको थिएँ तर अहिले  मूल्य घटेको छ, एउटैको ८० हजार रूपैयाँ आउन पनि कठिन छ', श्रीस भन्छन्।

बाख्रापालनबाटै नमूना कृषकको रुपमा पहिचान बनाएका उनले बाख्रापालनबाट भएको आम्दानीलाई फार्मको पूर्वाधार निर्माणमा लगानी गर्दै आएका छन्। हाल उनको फार्ममा करिब दुई करोड रूपैयाँ लगानी भइसकेको छ। छिटोछिटो हुर्कने बोयर जातका बाख्रापालन गर्दै आएका श्रीसको फार्ममा अहिले ३५ वटा बाख्रा छन्। तीमध्ये पाठा जन्माउने १५ वटा माउ बाख्रा छन्। अन्य साना पाठापाठी छन्। अहिले नश्ल सुधारका दुईवटा बोका फार्ममा रहेको उनी बताउँछन्।

बाख्राको घाँसका लागि ६० रोपनी जग्गामा घाँस खेती गरेका श्रीसले तीन जनालाई नियमित रोजगार दिएका छन्। व्यवस्थितरुपमा दुईवटा खोर बनाएर बोयर बाख्रापालनको स्रोत केन्द्र नै स्थापना गरेका उनको फार्म अवलोकन गर्न विभिन्न जिल्लाबाट कृषक आउने गरेका छन्।    -रासस

प्रकाशित: Nov 03, 2023| 21:41 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोही किन सन्तान जन्माउन अनिच्छुक ?

कोही किन सन्तान जन्माउन अनिच्छुक ?

सार्वजनिक प्रतिवेदनले विभिन्न प्राज्ञिक अनुसन्धान तथा १४ राष्ट्रहरूमा गरिएको अध्ययनले प्रत्येक पाँचमध्ये एक व्यक्तिले आफूले इच्छा गरे जति बच्चा नजन्माउन नपाएको उल्लेख गरेको देखाएको छ।...