बिहीबार, वैशाख १७, २०८३

आज सिंहदरबारसहित काठमाडौंका यी स्थानमा बिजुली नहुने

 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

काठमाडौं- शनिबार काठमाडौंका विभिन्न ठाउँमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ। स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत गर्नुपर्ने भएकोले विद्युत् आपूर्ति बन्द गर्नुपरेको नेपाल विद्युत् प्राधिकरण जनाएको छ। 

National life

प्राधिकरणका अनुसार सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने सिंहदरबार परिसर भित्रका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालयसमेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा भोलि बिहान विद्युत् आपूर्ति प्रभावित हुने भएको हो। 

शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्ममाथि उल्लेखित क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको हो।

प्रकाशित: Nov 04, 2023| 05:21 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्